tyu

२ बर्षमा बिहे गर्ने सुन्दर नायिकको को बन्ला त राजा ?

बेहुला बेहुली मात्र बस्नको लागि तयार पारिएको आसनमा नायिका अशिष्मा नकर्मी एक्लै भइन् । २ बर्ष भित्र बिहे गर्ने सोचाईमा पुगेकी नायिका अहिलेसम्म जोडी नबनाएको बताउछिन् । नायक यशराजको बिहेमा पुगेकी अशिष्मालाई आफ्नो जीवनको राजकुमार को हुन्छ, कुनै पत्तो छैन । भन्छिन्, ‘म त एरेन्ज म्यारिज नै गर्छु । २ बर्षमा बिहे गर्ने ५ बर्ष भित्रमा एउटा सन्तान घरमा भित्राउने’ ।

‘केटा त बुवाले खोजेको नै गर्ने हो, लभ म्यारिजमा खासै विश्वास छैन’, बिहेको माहोल भएकाले होला उनी पनि यस्तै कुरा गर्दै थिइन् । चलचित्र ‘अन्तराल’बाट आफ्नो अभिनय खुबी देखाइसकेकी अशिष्मालाई साउन पनि लागेछ । यसैले हातमा चुरा र साडी लगाएर उनी पार्टीमा पुगेकी थिइन् ।

बर बधु बस्ने आसनमा एक्लै भएपछि अशिष्मा खाली भएको स्थानमा को बस्ला खै भनेर प्रश्न गरिरहेकी थिइन् । छेउमै उभिएका एक नायकले भने, ‘यति सुन्दर मानिसको जीवनमा कोही न कोही त आइहाल्छ नि, किन चिन्ता ।’

0 comments:

Post a Comment

Recent Posts