tyu

कम्प्युटर चलाउनु हुन्छ??? त्यसो भए केहि कुरा जानिराखौ…..

हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ । त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :


लक्षण
-पिसीको गति निकै धिमा हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै धिमा हुन थाल्छ ।
-इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।
-कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ ।
-इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।
-अनावश्यक वा चिन्दै नचिनेका वा अप्रासंगिक इमेल आउनु, फेसबुक वालमा आफुले पोष्ट गर्दै नगरेका कुराहरु पोष्ट हुनु ।
कसरी जोगिने ?
-पेनड्राइभ ल्यापटपमा घुसाउँदा सुरुमा भाइरस स्क्यान गरिसकेपछि मात्र खोल्नुहोस् ।
-तपाइँको इमेलमा आएको वा अरु कुनै साइट खोल्दा ध्यान दिनुहोस् । यदि उक्त वेबसाइट आधिकारिक वा सुरक्षित हो भन्नेमा तपाइँ ढुक्क हुनुहुन्न भने त्यसमा क्लिक नगर्नुहोस् ।
-इमेल तथा सोसल नेटवर्कमा पठाइएका विभिन्न खाले बधाइ तथा शुभकामना लगायतका शंकास्पद इमेल खोल्ने तथा त्यसमा दिइएका लिंक ओपन गर्ने गर्नुहुँदैन । त्यस्ता शंकास्पद इमेललाई सोझै डिलिट गर्नुहोस् !

0 comments:

Post a Comment

Recent Posts