tyu

अंग्रेजी आएन यता हेर्नुस् !!!

इन्टरनेट, विश्वलाई एकै ठाउँमा ल्याएको यो प्राविधिक कम्प्युटरको जालोले हामी सबैलाई एकै ठाउँ बनाएको छ। सूचना देखी मनोरञ्जनका सबै सामग्री एकै ठाउँ सजिलै र सित्तैं पाइने भएको छ। त्यसो त सामाजिक र सार्वजनिक अर्न्तक्रिया पनि इन्टरनेट मार्फत नै हुन थालेका छन्। त्यसैले त सामाजिक सञ्जाल फेसबुक र माइक्रो ब्लग साइट ट्वीटर विश्वका धेरै हेरिने वेबसाइटका रुपमा दरिएका छन्।
आम नेपालीका लागि भने इन्टरनेटमा उपलब्ध धेरै सूचनाहरु पहुँचमा आउन सकेका छैनन्। कारण हो भाषा, कम्प्युटर र इन्टरनेटका सामग्री अंग्रेजी भाषामा छन्। नेपालीमा उपलब्ध सामग्रीहरु थोरै मात्र भएकाले तीनले आम इन्टरनेट प्रयोगकर्तालाई खासै धेरै समय अध्ययनमा टिकाइराख्न सक्दैनन्। तपाइँ हामीलाई विभिन्न वेबसाइटमा राखिएका अंग्रेजी सामग्री सजिलै बुझ्न गाह्रो हुन्छ। कतिपय शब्दको त अर्थ नै जानिँदैन। यस्तो अवस्थामा साइबर वा घरमा कम्प्युटर चलाइरहँदा डिक्सनरी हातमा समातेर बस्ने कुरा पनि भएन।
अंग्रेजीका सामग्री पढ्नमा यसखालको कठिनाइ नढाँटी भन्ने हो भने हामी सबैलाई परिरहेको छ। त्यसका लागि समाधान पनि नेपालीहरुले नै बनाइरहेका छन्। ती हुन अंग्रेजीलाई नेपाली बनाउने अनलाइन टूल। अर्थात् अंग्रेजीका शब्दलाई नेपालीमा अर्थ दिने माध्यम। यसका रुपमा अनलाइनमा शब्दकोश र अनुवादक समेत तयार भइसकेका छन्। विदेशी ठूला कम्पनीले बनाएका जस्ता नभएपनि नेपालीले बनाएका यी साधन तपाइँ हामीलाई अंग्रेजी बुझ्न सजिलो बनाउने खालका नै छन्।
अंग्रेजी शब्द कोष 

अनलाइन शब्दकोषका रुपमा रहेको यो अंग्रेजी नेपाली शब्दकोशमा २३ हजार भन्दा बढी शब्दहरुको अर्थ राखिएको छ। अंग्रेजीमा टाइप गरेका शब्दको अर्थ यसले नेपालीमा उपलब्ध गराउँछ। तत्कालका लागि बेटा भर्सनमा उपलब्ध यो शब्दकोषको एण्ड्रोइड तथा आइओएस एप पनि उपलब्ध छ। यो शब्दकोष प्रयोगका लागि यहाँ क्लिक गर्नुहोस्।
अंग्रेजी नेपाली अंग्रेजी शब्दकोष 

नेपाल लिंक नेटवर्कले तयार गरेको यो शब्दकोषमा अंग्रेजी शब्दहरुको नेपाली अर्थ पाउन सकिन्छ। यो शब्दकोषको विशेषता भनेको यसमा अंग्रेजी शब्दका अर्थहरु नेपालीमा मात्र होइन नेपाली शब्दहरुलाई अंग्रेजीमा के भनिन्छ भन्ने पनि छ। त्यसका लागि यो शब्दकोषले अंग्रेजी नेपाली र नेपाली अंग्रेजी शब्दार्थको सुविधा दिएको छ। यो शब्दकोष प्रयोगका लागि यहाँ क्लिक गर्नुहोस्।

दोभासे 

दोभासे, नामको अर्थ नै दुर्इ भाषामा जानकारी दिने भन्ने बुझिन्छ। उल्था गरिदिने हो यसको सिधै अर्थ। काठमाडौं विश्वविद्यालय अर्न्तगत इन्फरमेसन एण्ड ल्यांग्वेज प्रोसेसिङ रिर्सच ल्याबले तयार पारेको यो वेबसाइटले चलन चल्तिमा रहेका अंग्रेजीका शब्दहरुलाई नेपालीमा अनुवाद गरिदिन्छ। यो वेबसाइट विकासको क्रममा रहेकाले यसमा जम्मा २२ हजारको हाराहारीमा शब्दहरु रहेका छन्। यो वेबसाइट मार्फत अंग्रेजीको उल्था गर्नका लागि यहाँ क्लिक  गर्नुहोस्।


0 comments:

Post a Comment

Recent Posts